• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धी गुरुङको उम्मेदवारी घोषणा




गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षकाे लागि बुद्वि गुरुङले उम्मेदावरी घोषणा गरेका छन।

आइतबार कोरीयाका समाजसेवी बुद्धी गुरुङले आफु अध्यक्ष पदको लागी दावेदार रहेको भन्दै उम्मेदवारी घोषणा गरेका हुन । अधिबेशन हुन करिब एक महिना बाकी रहदा हाल सम्म बुद्धी गुरुङ र विपिन गुरुङले अध्यक्ष पदको लागी उम्मेदावरी घोषणा गरेर आफनो तयारीमा जुटेका हुन ।

उम्मेदावरी घोषणा गदै बुद्धीले आफु पुर्ण रुपमा तयारीमा जुटेका बताए । अघिल्लो अधिबेशनमा आफु अध्यक्ष पदको लागी उम्मेदावरी घोषणा गरेर अगाडी बढेपनि सबैले यस पटकको लागी अध्यक्षमा स्वत सहयोग गर्ने आश्वासन दिएको हुदा उतिबेला पछि हटेको बताए ।

यस पटक त साथीहरुले नैतिकताले पनि मलाइ सहयोग गर्नुहुने छ भन्ने अपेक्षा सहित अध्यक्षको लागी मेरो उम्मेदवारी हो बुद्धीले भने ।करिव २७ बर्ष सम्म कोरीयामा बसोबास गर्दै आएका बुद्धी रेष्टुरेन्ट ब्यावसायी पनि हुन । कोरीयाका विभिन्न स्थानमा उनका चार वटा रेष्टुरेन्टहरु संचालनमा छन ।

ब्यावसाय सगै उनी समाजसेवी काे रुपमा पनि काेरियामा परिचित छन । तमोघिको बरिष्ठ उपाध्यक्ष , एसिया कल्चरको कार्यसमिति सदस्य, एनआरएनएको पुर्व सदस्य ,रोटरी क्लवको बरिष्ठ उपाध्यक्ष समेत रहेका बुद्धी रेष्टुरेन्ट ब्यवसायीको अध्यक्ष समेत हुन ।

नेपालको पोखरा घर भएका बुद्धीले अध्यक्षको उम्मेदावरी सगै आफना केही प्रतिबद्धताहरु समेत रहेको बताएका छन । कोरीयामा रहेका ब्यावसायीहरु,इपिएस बाट आएका नेपालीहरु ,तथा सबै अन्य पेशा ब्यवसायमा आवद्ध नेपालीहरुलाई एनआरएनएनको अनुभुति हुने गरि काम गर्ने आफनो प्रमुख उदेश्य रहेको उनले बताए ।

यस्तै एनआरएनएलाइ मजदुर मैत्री बनाउने,नेपाली दुताबास सग नियमित छलफल तथा सहकार्य गरि नेपाल र नेपालीको हितको लागी कार्य गर्ने,मजदुरको आवाज लाइ सम्बोधन गदै एनआरएनएको मुलभुत मुद्दा(लगानी)मा काम गर्ने ,बर्तमान कार्य समितिले सुरु गरेका तथा पुरा नभएका कार्यहरुलाइ सफल बनाउन निरन्तता दिने, ब्यक्ति भन्दा सस्थागत हितको लागी काम गर्ने ,कोरीयामा रहेका नेपालीहरुको समस्यालाई पहिलो प्राथमिकता राखेर काम गर्ने,प्रत्येक संघ सस्थाहरु सग हातमालो गरि सृजनात्मक तथा महत्वका बिषयमा नियमित सहकार्य गर्ने लगाएतका अन्य आफना प्रतिबद्धताहरु रहेको उनले बताए ।

आगामी २ बर्षको कार्यकालकाे लागी एनआरएनए दक्षिण कोरीयाको आउदो सेप्टेम्वर २१ र २२मा निर्वाचनमा हुदै छ । दुइ अध्यक्षको उम्मेदवारी घोषणा सगै एनआरएनए कोरीयाको माहोल विस्तारै तातिदै गएको छ ।

Facebook Comments