• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा रुकुमपश्चिम इञ्चार्जमा शर्मा, सहइञ्चार्ज शर्मा र केसी




नेपाल कम्युनिष्ट पार्टी रुकुमपश्चिमको इञ्चार्जमा राजकुमार शर्मा ‘आर्ट’ तोकिनुभएको छ ।

आज बसेको केन्द्रीय सचिवालयको बैठकले उहाँलाई इञ्चार्ज तोकेको हो । हाल शर्मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख पनि हुनुहुन्छ ।

सहइञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य बसन्त शर्मा ‘कुशल’ र शेरबहादुर केसीले पाउनुभएको छ । शर्माद्वय पूर्वमाओवादी केन्द्र तथा केसी पूर्वएमाले नेता हुनुहुन्छ ।

रुकुपश्चिममा जिल्ला अध्यक्ष पनि पूर्वमाओवादीले नै पाएको छ ।

जिल्ला अध्यक्ष गोपाल शर्मा ‘अनल’ र सचिव विमलकुमार पुन हुनुहुन्छ ।

Facebook Comments