• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा लाग्यो अनौठो मेलाः २४ जना झाँक्री एकैथलोमा नाचे




रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर १ लुकुममा झाँक्रीहरुको मेला लागेको छ ।

परापूर्वककालदेखि लुकुमका झाँक्री जम्मा भएर मेला गरेका हुन् । झाँक्री मेला विशेष गरी गाउँबाट भूतप्रेतलाई शान्त गर्न भन्दै प्रत्येक वर्ष साउनको पहिलो हप्ता मनाउने गरेका छन् ।
सोमबार, मंगलबार र शनिवार झाँक्री मेला गरिएको झाँक्री धनमाला बुढाले बताउनुभयो ।

यो पर्वको साउने संक्रान्तिसँग पनि सम्बन्ध गाँसिएको छ । लुतो फाल्ने दिन साउन १ गते राँका बालेपछि मौन अवधि शुरु हुन्छ । त्यसबेला माटो निकाल्ने, रगतको बली चढाउने लगायत ठूलो आवाज आउने खालका काम गर्नु हुँदेैनन् भने यो क्षेत्रका बासिन्दाको विश्वास छ । सोहीे अवधिमा यस्ता काम गरेमा चोटपटक लाग्ने विश्वास रहेको छ ।

राँको बाली साउने संक्रान्ति मनाउने गरिन्छ भने सोही दिन मकै, काँक्रो, फर्सी, सिमी, लगायत घरमा उब्जाइने नयाँ खाद्यान्न अन्न तथा जंगलमा पाइने फलफूल चढाउने गरिन्छ । जसले गर्दा कुलदेवता र भूतप्रेतको सन्तुलन सम्बन्ध राख्ने र गाउँलाई सद्भावपूर्ण वातावरण राख्ने स्थानीयको विश्वास छ ।

परापूर्वकालमा एक ‘काना सुरपाङगे’ नामक प्राकृतिक भूतप्रेत आत्मा रहेको बताइएको छ । उक्त भूतप्रेत आत्माले यो ठाउँ भएर आवतजावत गर्ने मान्छेलाई सताउने गरेको किवदन्ती कथा रहेको छ । धेरै नै सताउन थालेपछि दिक्क भएर त्यसबेलाका रामजाली घर्तीमगरले सो भूतप्रेत आत्मालाई तोपेको र त्यसबाट ब्यूझिन नदिन प्रत्येक वर्ष झाँक्रीको मेल ागर्ने गरिएको स्थानीय रुजिधन घर्तीले जानकारी दिनुभयो ।

लुकुम गाउँमा मात्रै करीब ७० जना झाँक्री रहेका छन् । मेलामा तीन महिलासहित २४ जना झाक्री आएका थिए । झाँक्रीहरु आफ्नै पोशाक र ढ्यांग्राभाडा सहिति नाँच्ने भएकाले यसलाई रोचक र रमणीय मेला मानिन्छ । यो मेलामा गाउँका बालक, युवा, वृद्धावृद्ध तथा अरु ठाउँका गरी २ हजार बन्दा बढि दर्शकको उपस्थिति रहेको थियो ।

Facebook Comments