• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयमै खेतीपातीः आफै खटिन्छन् प्रअ




रुकुम पश्चिम जिल्ला मुसीकोट नगरपालिका वडा नं. ९ साविकको चौखावाङ गाविसको हिलस्थित जुवाला आधारभूत विद्यालय नमूना विद्यालयको अभ्यासमा रहेको छ ।

वि.सं. २०२८ सालमा स्थानीय समाजसेवी, शिक्षा प्रेमीहरु ऐभान बुढा, झुपलाल ओली, खडग बहादुर बुढा, पूर्णबहादुर ओली, रणबहादुर ओली तथा तत्कालिन प्रधानपञ्च टेकबहादुर पुन आदिको विषेश सकृयतामा जुवाला प्राथमिक पाठशालाको नाममा स्थापना गरिएको विद्यालय लामो समय सम्म मालिका मा वि चुनको शाखाको रुपमा सञ्चालनमा आएको थियो ।

तत्कालिन वडाध्यक्ष झुपलाल ओलीले विद्यालय भवन निर्माणको लागि निशुल्क जग्गा दान गरेपश्चात जनश्रमदानबाट ३ कोठे भवन निर्माण गरि कक्षा सञ्चालन गरी २०४५ सालमा सरकारी स्वीकृती पाएसँगै यो विद्यालयले औपचारिकता पाएको इतिहास छ ।

हाल मुसीकोट नगरपालिका भित्र रहे पनि तत्कालिन चौखावाङ गाविसको पनि दुर्गम गाउँ हिल रुकुमेली कम्युनिष्ट आन्दोलनको धरोहर व्यक्तित्व कामी बुढाको कर्मस्थल पनि हो । २०५२ सालदेखि १० बर्षे सशस्त्र द्वन्दमा सबैभन्दा प्रभावितमध्य यो गाउँ पनि पर्दछ । यो अवधिमा विद्यालय पनि द्वन्द्वको मारमा परेका थियो ।

शान्ति प्रक्रियाको शुरुवातसँगै प्रधानाध्यापक षडानन्द शर्माको अरोरात्र खटाइपछि यो विद्यालय नमूना बन्ने अभ्यासमा छ ।

विद्यालयलाई कृषि उत्पादनसँग पनि जोड्ने प्रयास गरिएको छ । ‘भए जति ठाउँ प्रयोग गरेर मौसमी तरकारी खेती थालेका छौं’– उहाँले भन्नुभयो– ‘अन्नबाली नभए पनि करेसाबारीको रुपमा हिउँदोमा पर्याप्त हरियो सागपात लगाइयो । अहिले बर्षे तरकारी तयार हुँदैछ ।

परिचालन गर्ने हो भने र आफू खट्ने हो भने सम्भव छ । विद्यार्थीलाई उत्पादन गर्न सिकाउने र आएको उत्पादन उनीहरुलाई पकाएर खुवाउने गरिएको छ ।’

त्यसो त प्रअ शर्मा खाली समयमा आफै खेतबारी खन्नुहुन्छ भने गोडमेल गर्न, शौचालयमा कुचो चलाउन पनि आफै अग्रसर हुनुहुन्छ । ‘मैले मात्र गरेर त कहाँ हुनु, प्रत्येक शुक्रबार १/२ घण्टा विद्यार्थी पनि सहभागी हुन्छन्’– उहाँले विद्यालयमा गरिने श्रम र उत्पादनबारे भन्नुभयो । उहाँको यो लगन देखेर स्थानीय निकै प्रभावित छन् । पटकपटक उहाँ सरुवा हुन खोज्दा पनि स्थानीयले बिरोध गरेपछि उहाँ यहीबसिरहनुभएको छ ।

Facebook Comments