• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहकारीको भवन र गाडी उद्घाटन




जनज्योति पशुपंक्षी पालक कृषक सहकारी संस्था घोराही १५ को नवनिर्मित भवन र गाडीको उद्घाटन गरिएको छ ।

जिल्ला सहकारी संघका उपाध्यक्ष अञ्जनकुमार पौडेलले रिवर काटेर भवन र गाडीको उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथि पौडेलले सहकारीहरु उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । उत्पादन, बजारीकरण, वचत र लगानी सहकारीबाटै गर्न सके सहकारीकर्मीहरुलाई आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनुभयो ।

सहकारीले घोराही उपमहानगरपालिका ६ अघरामा बाख्रापालन तथा कार्यालयका लागि भवन निर्माण गरेको छ । त्यस्तै सहकारीको सामग्री आपूर्तिका लागि सहकारीले एउटा गाडी पनि खरिद गरेको छ ।

संस्थाका अध्यक्ष टीका बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी, सहकारीका ऋण उपसमिति संयोजक भुपेन्द्र रोका, सहकारी सञ्चालक समिति सदस्य सन्तोष चौधरी र भानुभक्ता पाण्डेले बोल्नुभएको थियो ।

सञ्चालक समिति सदस्य ओबिसरा बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन अर्का सदस्य खेमप्रकाश बुढाले गर्नुभएको थियो ।

Facebook Comments