• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँपालिकाले दियो दुई बिरामीलाई ५० हजार सहयोग




रुकुम पुर्बमा एक गाउँपालिकाले दुई बिरामिलाइ उपचार सहयोग गरेको छ ।

जिल्लाको सिस्ने गाउँपालिकाकाले दुई बिरामिलाइ उपचार सहयोग गरेको हो । गाउँपालिकाले सिस्ने गाउँपालिका वडा न ८ स्यालापाखाका वोनम्यारो ट्रान्सप्लान रोगबाट ग्रसित मोडल तथा सर्जक भुपेश नाथ र सोही गाउँपालिका ५ बाहुनठाना रुकुमकोटका मुटु रोगी नरेन्द्र शाह लाई उपचार सहयोग गरेको सिस्ने गाउँपालिकाले जानाएको छ ।

गाउँपालिकाले गाउँपालिकाको कार्यालय रुकुमकोटमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि भुपेश नाथका भाइ लोकेन्द्र नाथ र नरेन्द्र शाहकी श्रीमती सामना शाहलाई उपचार खर्च बाफत २५/२५ हजारको चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

अध्यक्ष बरालले भन्नुभयो नाथ र शाह गम्भीर प्रकृतिको रोगबाट लामो समय देखि ग्रसित हुनुहुदो रहेछ ।

हामिले उहाँहरुले गाउँपालिकामा सहयोग माग गर्नु भएको निवेदनको आधारमा थाहा पायौ र सानो भए पनि सहयोग गरौ भन्ने मनासयले उक्त रकम सहयोग गरिएको उहाँको भनाइ रहेको छ ।
यस अघि सिस्ने गाउँपालिका वडा न ४ ढाकाका मानसिक सन्तुलन गुमाएका गोपाल दमाईलाई पनि २५ हजार नगद सहयोग गरेको तथा दुई बर्सको अबधिमा गाउँपालिका भित्रका गम्भीर प्रकृतिका बिरामिको निशुल्क उपचारका लागि सिफारिस बितरन गरिएको पनि जानकारी दिनुभयो ।

त्यस्तै सहयोग रकम हस्तान्तरण कार्यक्रममा गाउँकालिका उपाध्यक्ष गोबर्धन बुढाले नाथ र शाहले नेपाल भित्रका सरकारी हस्पिटलमा उपचार गराएमा एक / एक लाख रुपैया बराबरको उपचार खर्च निशुल्क हुने गरि गाउँपालिकाले आवश्यक कागजात पनि बनाइएको जानकारी दिनुभयो ।

गाउँपालिकाले थोरै भए पनि सहयोग गरेर आफ्नो परिवारमा दुखेको घाउमा मलमपटी लगाइएको भन्दै वोनम्यारो ट्रान्सप्लान रोग बाट ग्रसित भुपेश नाथका भाइ लोकेन्द्र नाथले गाउँपालिका परिवार लाई धन्यवाद दिनुभयो ।

नाथ र शाहको अवस्था गम्भीर रहेकाले सबैले आआफ्नो क्षेत्र बाट सक्दो सहयोग गरि दिनु हुन सिस्ने गाउँपालिकाले सबैमा अनुरोध समेत गरेको छ ।

वोर्नम्यारो ट्रान्सप्लान रोगबाट ग्रसित भुपेश नाथ र मुटु रोग बाट ग्रसित नरेन्द्र शाहको संघीय राजधानी काठमाडौमा उपचार भैरहेको छ ।

Facebook Comments