• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आफैले बोकेको बम बिष्फोटमा घाइते विप्लव कार्यकर्ताको निधन




कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ भएको बम विस्फोटको घटनाको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले लिएको छ।

एक जनाको मृत्यु र चार जना घाइते भएको सो घटनाको जिम्मा विप्लव नेकपाले लिएको हो।

शुक्रबार नेकपाको सेती महाकाली एक विज्ञप्ति प्रकाशित गर्दै पार्टी कार्यकर्ताले आत्मसुरक्षाका लागि बोकेको बम विष्फोट भएको बताएको छ।

बिहीबार साँझ भएको विष्फोटमा परी नेकपाका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु भएको छ भने अर्का कार्यकर्ता लक्ष्मण सेराला गम्भीर घाइते भएका छन्। उनको अझै होस खुल्न सकेको छैन।

विस्फोटमा परी घाइते हुने अन्यमा होटल सञ्चालक धनगढी-४, बोराडाडीका केशवराज पाण्डे, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव छन्।

उनीहरूको स्थानीय मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको प्रहरीले जनाएको छ।

Facebook Comments