• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हरित क्रान्तिमा नमूना बृद्धः एकै जनाले लगाए १२ सय बिरुवा




जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ काँक्रीका ५० वर्षीय श्रीमान बुढा मगरले वृक्षारोपण गर्दै आउनु भएको छ ।

हरियाली गाउँ निर्माण गर्ने संकल्पका साथ २०६९ सालमा ६ सय विरुवा रोपनुभएको थियो ।

काँक्री स्वास्थ्य चौकी र जनजाति संग्रहलय काँक्री वरिपरी र सार्वजनिक क्षेत्रमा धुपी, सल्लो, देयर र ओखर गरी ६ सय विरुवा रोपनुभएको छ । अहिले उक्त रोपिएको विरुवा हुर्किरहेकोमा पुनः यो वर्ष विरुवा लगाउनुभएको हो ।

२०६९ सालमा विरुवा खरिद गरेर लगाउनुभएको हो । जसमा विरुवा खरिद गरी रोपदा २५ हजार लगानी लागेको बुढाले बताउनुभयो । यो वर्ष मंगलबार ६ सय ५० लेकाली सल्लोका विरुवा काँक्रीको गर्वे विसाउना क्षेत्रमा रोपनुभएको हो ।

जसको लगानी आफ्नै बेर्ना रहेको हुनाले १५ हजार रकम बराबरको लागेको उहाँले जनाउनुभयो । उजाडिँदै गएको पाखापखेरा र गाउँका वरिपरी हरिलोभरिलो र भूक्षय रोक्न तथा उक्त विरुवा हुर्किएसकेमा दाउरा सोतरस्याउला जस्ता गाउँलाई फाइदा पुर्याइदिनुका लागि विरुवा रोपने गरेको बुढाले जानकारी दिनुभयो ।

उक्त काम पूरा गर्ने उद्देश्यले अहिले उहाँले आफैले लेकाली सल्लो, देयर, तुनी दल्लु, धुपी र बकैना गरी कुनै यो वर्ष बेर्ना सार्ने र कुनै अर्को वर्ष बेर्ना सार्ने हुनेगरी करिव १२ हजारका विरुवाको नर्सरी लगाउनु भएको छ । काँक्री गाउँका क्षेत्रधिकार भरिका पाखापखेरा तथा गोरेटो बाटो, विसाउना चौतारो, सडक, विद्यालय र स्वास्थ्य चौकी जस्ता क्षेत्रमा हरियाली क्षेत्र निर्माण गरेर गाउँलाई नमूना गाउँ चिनाउनमा सहयोग पुग्ने विश्वास उहाँको रहेको छ ।

२०६९ सालमा लगाइएको विरुवा हुर्किरहेका छन् । जसले उक्त क्षेत्रमा अहिले सुन्दरताले भरिपूर्ण छाइरहेको वडा अध्यक्ष नरबहादुर बुढा मगरले बताउनुभयो । उहाँको त्यो निःशुल्क समुदाय समर्पित योगदान गर्नुभएकोमा अगामी दिनमा सम्मान अवश्य गर्ने छाँै अध्यक्ष बुढाले भन्नुभयो । सार्वजनिक क्षेत्र लगायत आफ्नो बारीमा पनि कागती, सुन्तला र स्याउ गरी २ सय विरुवा लगाउनुभएको छ ।

Facebook Comments