• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सम्बन्धन विना सञ्चालित प्राबिधिक कक्षा बन्द गर्न विप्लव क्रान्तिकारीको चेतावनी




विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले सिटीइभिटीको सम्बन्धनविना सञ्चालित प्राविधिक कक्षा तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

उसले प्राबिधिक शिक्षाका नाममा विभिन्न आकर्षक खाले भ्रामक प्रचार गरिरहेकाले प्राबिधिक शिक्षा अध्ययन गर्ने रुचि भएका विद्यार्थीहरुले आफुले अध्ययन गर्न खोजेको संस्था सम्बन्धित निकाय बाट सम्बन्धन प्राप्त हो होईन, अध्ययन अवधिभर लाग्ने जम्मा शुल्क कति हो राम्रो संग बुझेर मात्र अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह पनि गरेको छ ।

केही शैक्षिक संस्थाहरुले तोकिएको शुल्क भन्दा बढी शुल्क विद्यार्थी बाट ल्याएको पाइएकाले गैरकानुनी रूपमा बढी ल्याएको शुल्क तत्काल विद्यार्थीलाई फिर्ता गर्न पनि माग गरिएको छ ।

सो संगठनले २३ औं जिल्ला सम्मेलन गर्ने भएको छ ।

केन्द्रिय सदस्य एवम् दाङ जिल्ला अध्यक्ष कमरेड प्रीतिमा चौधरीको अध्यक्षतामा बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो ।

जसका लागि अनिल केसीको संयोजकत्वमा २८ सदस्यीय २३ औं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा कक्षा ११ मा सामुदायिक विद्यालयमा प्रवेश परीक्षाका नाममा विद्यार्थी रोक्ने गरिएको भन्दै बिरोध गरिएको छ । त्यस्तै १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न माग गरिएको छ ।
त्यस्तै

Facebook Comments