• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आठबीसकोट नगरपालिकामा उत्कृष्ट काम गर्नेलाई सम्मान र पुरस्कार




रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले उतकृष्ट काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

आज नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको समृद्धी र विकासका लागी विभिन्न क्षेत्रबाट योगदान पुय्राउने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

नगरपालिकाले उतकृष्ट काम गर्ने जनप्रतिनिधी, कर्मचारी, उपभोक्ता समिति, विद्यालय, विद्यार्थी समाजसेवी, सहकारीका पधाधिकारी लगाएत पत्रकारहरुलाई सम्मान गरेको नगर प्रमुख गोर्ख बहादुर केसीले जानकारी दिनुभयो । नगरपालिका बाट सम्मानित हुने जनप्रनिधिहरु वडा नम्बर १ का वडा अध्यक्ष देब बहादुर घर्ति वडा नम्बर २ का अध्यक्ष देब बहादुर यरी, १० नम्बर वडाका वडा सदस्य धन बहादुर कुसारी रहनु भएको छ ।

सबै वडाहरु मध्य धेरै राजश्व संकलन गरेको भन्दै वडा नम्बर १ का वडा अध्यक्ष घर्तिलाई सम्मान गरिएको हो भने वडाको विकासका लागी कृयाशिल भएर लाग्ने वडा अध्यक्ष यरीलाई पनि सम्मान गरिएको हो । यस्तै आफ्नो तलब कटाएर विभिन्न क्षेत्रमा सहयोग गरी समाजसेवामा लागेका १० नम्बर वडाका वडा सदस्य कुसारीलाई सम्मानित गरिएको हो ।

यस्तै नगरपालिकाका सूचना अधिकारी गणेश चन्द, पसाने भैरब मसानघाट उपभोक्ता समितिका अध्यक्ष सेरबहादुर वली, जनभावना श्रमसहकारीका अध्यक्ष दलजित विक, हाल अमेरिकामा बस्दै आउनु भएका समाज सेवी जयन्ती थापा सम्मानित हुनु भएको छ ।

त्यसैगरी नगरपालिकाका विभिन्न सुचनाहरु सम्प्रेसन गरी मिडियाको क्षेत्रबाट योगदान पुय्राउने पत्रकारद्धय कान्तिपुर राष्ट्रिय दैनिकका सम्बाददाता हरी गौतम र नयाँ पत्रिका दैनिकका सम्बाददाता मनिष खड्कालाई पनि सम्मान गरिएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार सम्मानित हुने व्यक्तित्वहरुलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

यसैविच २०७५ सालको माध्यामिक शिक्षा एस.ई.ई परिक्षामा उतकृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरुलाई पनि सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत राम बहादुर केसीले बताउनुभयो ।

२०७५ सालको एस.ई.ई परिक्षामा नगरपालिका अन्तर्गतका विद्यालयहरु मध्ये सबै भन्दा उतकृष्ट नतिजा ल्याई प्रथम हुन सफल बालकल्याण मावी राडीलाई नगत रु. ७५ हजार सहित सम्मान गरिएको छ भने द्धित्तिय हुने जनविकास मावी घारिखोलालाई ५० हजार पुरस्कार हस्तातरण गरी सम्मान गरिएको छ । यस्तै तृतिय स्थान ल्याउने नेपाल राष्ट्रिय मावी ठुलिबार्खुलाई २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

उक्त एस.ईई परिक्षामा उतकृष्ट नतिजा ल्याउने दुई जना छात्राहरुलाई पनि सम्मान गरिएको छ । जसमा ए ग्रेट नजिता ल्याउने बालकल्याण मावी राडिकी छात्राहरु सृजना पुन मगर र विनिता शाहीलाई १५/१५ हजार पुरस्कार सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

यसैविच उक्त सम्मान कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा अनलले सम्मानित हुने सबैलाई बधाई दिनुभयो । आठविसकोट नगरपालिकाले जिल्लाका सबै स्थानिय तहमध्ये नमुना काम गरिरहेको बताउँदै सांसद शर्माले नगरपालिकाको थप प्रगतीको कामना गर्नुभयो ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राज कुमार शर्माले सबै क्षेत्रका व्यक्तित्वहरुले आआफ्नो ठाउँबाट उल्लेखनिय काम गरे मात्रै समृद्धी हाँसिल गर्न सकिने बताउनुभयो ।
उहाँले आफुहरु समाजको अन्तरविरोधलाई समाधान गर्न समृद्धीको बाटोमा लम्कीरहेको उल्लेख गर्नुभयो ।।

Facebook Comments