• ६ आश्विन २०८०, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तीजको तडकभडक रोक्ने घोराही १४ को प्रयासः तीनअघि मात्रै नाच शुरु गर्न पाइने




हरितालिका तीजको तीन दीन अगाडी मात्र घोराही उप– महानगरपालिका वडा नं. १४ मा नाँचगाँन गर्न पाईने भएको छ । तीजको नाँचगान गर्ने वाहानामा विभिन्न आपराधिक गतिविधी हुने भन्दै त्यसलाई रोक्न स्थानीय आमा समुहले यस्तो निर्णय गरेका हुन । वडा स्तरिय आमा समुहको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

घोराही उप–महानगरपालिका वडा नं.१४ मा रहेका ३५ वटा टोल विकास संस्थामा आबद्ध आमा समहुले तीजको नाममा हुने विकृत रोक्न यस्तो निर्णय गरेको वडा स्तरिय आमा समुहका अध्यक्ष देवा सेनले जानकारी दिनुभयो । पछिल्लो समय तीजको नाममा एक महिना अगाडी देखि नै नाँचगाँन सुरु हुने त्यसमा झै झगडा पर्दा मानवीय क्षति समेत हुने भएकाले त्यसलाई रोक्न आफुहरु लागेको सेनको भनाई छ ।

वडा नं.१४ का कुनै टोलमा नाँचगाँन गरी हो हल्ला गरेको पाईए धनी र सम्बन्धि व्यक्तीलाई कारवाही हुने जानकारी दिनुभयो । त्यसका लागि स्थानीय जनप्रतिनिधी प्रहरी, प्रशासन राजनितिक दल पत्रकार, नागरिक समाज सवैलाई सहयोग गर्न आमा समुहले आग्रह गरेको छ । गाउँ–गाउँमा तीज सुरु नहुदै नाँचगान सुरु भैसकेको भन्दै त्यसलाई रोक्न सबै लाग्नु पर्ने वताउँनुभयो । बैठक वडा स्तरिय आमा समुहका अध्यक्ष देवा सेनको अध्यक्षतामा बसेको थियो ।

Facebook Comments