• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटमा महिला हिंसा न्यूनीकरण गर्न ‘हेलो उपमेयर’ कार्यक्रम




रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बिभिन्न खाले हिंसा न्युनिकरण गर्नका लागी हेलो उपमेयर कार्यक्रम संचालन गरेको छ । महिला हिंसा एवं वाल दुव्र्यबहारसँग सम्बन्धीत घटनाहरु न्युनिकरण गर्न सो कार्यक्रम सुरु गरेको हो ।

आर्थिक बर्ष २०७६।०७७ को स्वीकृत नीति तथा कार्यक्रम हेलो उपमेयर नामक कार्यक्रम अन्तरगत नगरपालिकाले पहिलो चरणमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको उपप्रमुख प्रेमकुमारी सुनार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हिंसा पीडित महिला र दुव्र्यवहारमा परेका बालबालिकाको आवाज सुन्ने र उचित समाधानको प्रयास खोज्ने उद्देश्यले हेलो उपमेयर कार्यक्रम सञ्चालन गरिएको र त्यसका लागि थप के के गर्न सकिन्छ भन्ने राय सुझाव लिन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा हिंसा पीडित महिला र दुर्ब्यबहारमा परेका बालबालिकाको आवाज सुन्न नगरपालिकाले टोलफ्री नम्बर तयार गरेको जानकारी दिइएको थियो । नगर प्रमुख देबीलाल गौतमले आफु, आफ्नो घर वा आफ्नो नजिकैको छिमेकीमा कुनैपनि हिंसात्मक घटना घटेको छ या घटना घट्दैछ भन्ने जानकारी हुने बित्तिकै नगरपालिकाको पैसा नलाग्ने नम्बर १६६०८८५३००१ मा खबर गर्न अनुरोध गर्नु भएको छ ।

बिहीबार नगरपालिकाको वडा नम्बर १ खलंगामा सम्पन्न कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । आगामी दिनमा महिला हिंसा एबं बाल दुर्ब्यबहारका घटना न्युनिकरण हुने नगर प्रमुख गौतमको भनाइ छ । उक्त कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागिको जोड रहेको छ ।

Facebook Comments