• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जीएमले खडा गरे छोराको स्मृतिमा ५० हजारको अक्षयकोष




नेपाल आदिबासी जनजाती महासंघ (फोनिज) दाङ शाखामा ५० हजारको अक्षयकोष स्थापना भएको छ । घोराही निवासी अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएम तथा उहाँकी जीवन संगीनी यमसरी जिएमले स्वगीय छोरा बिजय जिएमको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषको स्वर्गीय छोरा बिजय जिएमको जन्मदिनका अवसरमा अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषबाट प्राप्त भएको ब्याजबाट बार्षिक रुपमा बिजयको जन्मदिनका अवसरमा साउन २ गते एक जना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच अक्षयकोषको औपचारिक कार्यक्रम गरी घोषणा गरिएको छ । फोनिज दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन र विजयका बुवा रामबहादुर जिएमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण फानिज दाङका उपाध्यक्ष शिब घर्ती मगरले गरेका थिए । बिजय जिएमको गएको पुस ६ गते राम्रीमा भएको बस दुर्घटनामा परी निधन भएको थियो ।

कृष्ण सेन ईच्छुक बहुप्राबिधीक बिद्यालयमा अध्ययनरत जिएमको सल्यानको मुलपानीमा रहेको बनस्पति उद्यानको अध्ययन अवलोकन गरी फर्किने क्रममा दुर्घटनामा परी निधन भएको थियो ।

Facebook Comments