• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा जनप्रतिनिधिको नमूना कामः प्रविधिमैत्री बनाउँदै वडापालिका




जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ लाई प्रविधिमैत्री वडा निर्माण गर्न थालिएको छ ।

वडामा रहेका सम्पुर्ण सरकारी कार्यालयहरु र बिद्यालयहरुमा इन्टरनेट सेवा जडान तथा डिजीटल प्रविधि सामाग्रीहरु वितरण गरेर प्रविधिमैत्री वडा निर्माण गर्न थालिएको हो । आर्थिक बर्ष २०७६।०७७ को सुरुवातसँगै वडामा रहेका चार वटा विद्यालय, एउटा स्वास्थ्य चौकी र वडा कार्यालयमा समेत इन्टरनेट सेवा तथा डिजीटल प्रविधि जडान गर्ने बताइएको छ ।

जसका लागि वडा कार्यालयले जनशिक्षा आधारभुत विद्यालय चौखावाङ, कृष्ण आधारभुत विद्यालय लिङ्गुरडाँडा र सुर्योदय आधारभुत विद्यालय होललाई प्रति बिद्यालय डिजिटल हाँजीर, कम्प्युर सेट, प्रिन्टर, पेन ड्राइभ र सोलार सेट एक–एक थान उपलब्ध गराएको छ ।

त्यसैगरी जुवाला आधारभुत विद्यालय हिललाई एउटा प्रिन्टर, डिजिटल हाँजीर, वाइफाईका लागि प्रयोग गरिने राउटर, पेन ड्राइभ र स्पीकर लगाएतका सामाग्रीहरु उपलब्ध गराएको वडा अध्यक्ष नविन ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीमा र वडा कार्यालयमा यसअघि नै डिजिटल हाँजीर र फ्रि वाईफाई सेवा सुचारु भइ सकेको छ ।

सरकारी कार्यालयमा हुने दैनिक कामकाजहरुलाई व्यबस्थीत, नियमीत, र पारदर्शी बनाउन वडा कार्यालयले यस्तो कदम चालेको अध्यक्ष ओलीको भनाइ छ । वडामा रहेका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख र बिद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर प्रविधिमैत्री सामाग्रीहरु हस्तान्तरण गरि सकेको र साउन १ गतेदेखि नै वडामा रहेका सम्पूर्ण सरकारी कार्यालय तथा बिद्यालयहरु प्रविधिमैत्री बनाइने ९ नम्बर वडा कार्यालयले जनाएको छ ।

विशेष गरी शिक्षालाई नै बढि प्रभावकारी बनाउने र बालबालिकाहरुको जीवनस्तरमा सुधार ल्याउन प्रविधि सहितको गुणस्तरीय शिक्षा सञ्चालन होस र सम्बन्धीत निकायका कर्मचारीहरु तथा शिक्षकहरु नियमित र जिम्मेवारीबोधका साथ शिक्षण पेशामा लागुन भन्ने उद्देश्यले वडा नम्बर ९ लाई प्रविधिमैत्री वडा निर्माण गर्न थालिएको बताइएको छ ।

सोमबार बसेको वडा कार्यालयको बैठकले सम्पुर्ण विद्यालयहरुमा अनिवार्य तथा निशुल्क शिक्षा लागु गर्ने र जुवाला आधारभुत विद्यालयलाई वडाको नमुना विद्यालयको रुपमा विकास गर्ने निर्णय पनि गरेको छ ।

वडा अध्यक्ष नविन ओलीको अध्यक्षतामा सम्पन्न बैठकले नमुना विद्यालय निर्माणका लागि आवश्यक पुर्वाधार एबं प्रविधिको हिसावले सम्पन्न गरी इन्टरनेटको माध्यमबाट पठन–पाठन तत्काल सुरु गर्न निर्देशन समेत भइसकेको छ । वडा कार्यालयको अनुरोधमा नगरपालिका अन्तरगतको शिक्षा, युवा तथा खेलकुद शाखाले आवश्यक पर्ने रकम बिनियोजन गरेको थियो ।

Facebook Comments