• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरमा यस्तो छ नयाँ सरसफाइ करः कुन क्षेत्रमा कति शुल्क छ ?




धार्मिक महोत्सव र मेला सञ्चालन गरेवाफत घोराहीमा सरसफाइ शुल्क प्रतिदिन एक हजार लिइने भएको छ । आर्थिक बर्ष २०७६÷०७७ को बजेटबाट सो घोषणा गरिएको छ । यो प्रावधान साउन १ गतेदेखि कार्यान्वायनमा आएको छ ।

यसैगरी निजि व्यवसाय तर्फ सबै भन्दा धेरै होटल मालाईन, होटल सिटि प्लाजा र भिग्रेली भिलेज रिसोर्टलाइ मासिक एक हजार शुल्क लिइने भएको छ । त्यसैगरी होटल तथा लजतर्फ मेजेष्टिक, ग्रिनभ्याली, डोको, न्यु राप्ती सुपरलज, म्याङगो गार्डेन र थ्रीस्टारलाई आठ सयका दरले सरफाइ शुल्क लिने छ ।

यसैगरी होटल अप्सरा, माउन्टभ्यू, एकान्तलाई प्रति महिना सात सय लिइने गरीएको बक्तव्यमा उल्लेख छ । अन्य होटल तथा लजलाई पाँच सय र लज बाहेक साना होटल तथा नास्ता पसललाइ चार सय सरफाइ शुल्क लिइने छ ।

यसैगरी दैनिक सेवा दिने क्षेत्रका घरहरुमा प्रति बर्गफिट बार्षिक ६५ पैसा कर लिइने छ । हप्तामा सेवा दिने क्षेत्रमा ३५ पैसा निर्धारण गरेको छ । त्यसैगरी पाक्षिकलाई २० र मासिकलाई १० पैसा कर निर्धारण गरिएको छ । उनीहरुका घर क्षेत्रमा निर्धाराण गरेको मितिमै सरसफाइ गाडिमा मार्फत सेवा दिने छ । हप्तामा दुईपटक सेवा दिने क्षेत्रका बारेमा भने केहि उल्लेख छैन ।

यसैगरी चिकित्सा जन्य फोहोर उठाउन पनि छुटै शुल्क लिइने छ । जसअनुसार १५ वेड सम्मको अस्पताललाई वार्षिक १५ हजार तोकिएको छ । यसैगरी ५५ वेड सम्मका अस्पताललाई प्रतिबेड एक हजार पर्ने गरी निर्धारण गरिएको छ । त्यसपछि भने एक सय वेड सम्मको अस्पताललाई ८० हजार तोकेको छ । त्यसभन्दा माथिका अस्पतालका लागि एक लाख सरसफाइ शुल्क निर्धारण गरिएको छ ।

त्यसैगरी क्लिनीकत तथा पोलिक्लिनीकको पनि सरसफाइ सुल्क अवस्था अनुसार फरक फरक निर्धारण गरेको छ । डाक्टर सहितको क्लिनीकलाई वार्षिक ३० हजार, डाक्टर नभएको क्लिनीनिकलाई १२ हजार, ल्यावलाई २४ हजार र मेडिकललाई भने १२ हजार शुल्क निर्धारण गरिएको छ ।

तरकारी तथा फलफुल तर्फ भने मासिक सरसफाइ शुल्क निर्धारण गरेको छ । बजेट बक्तव्यमा उल्लेख भएअनुसार तरकारी तथा फलफुलका थोक बिक्रेताले मासिक एक हजार उल्लेख छ । फुटकर विक्रेताले पाँच सय र ढ्याप्लीमा तरकारी पसल गर्नेहरुले मासिक तिन सय सरसफाइ सुल्क तिर्नुपर्ने बजेट बक्तव्यमा उल्लेख छ । बाटोमा फिंज्नेको बारेमा केहि उल्लेख छैन । डोका तथा कुम्लोमा व्यावार गर्नेहरुका बारेमा पनि केहि उल्लेख छैन ।

त्यसस्तै फ्रेस हाउसमा पनि मासिक सरसफाइ शुल्क निर्धारण गरिएको छ । सटरमा फ्रेसहाउस खोलेकालाई मासिक छ सय, ढ्याव्लीलाई तिन सय रुपैया, खसी मासु विक्रि तर्फ प्रतिसटर नौ सय, पाउरोटि चाउमिन उद्योगलाई मासिक एक हजार र शिसा फ्रेम काटेको वार्षिक पाँच हजार सरसफाइ निर्धारण गरिएको छ । सडक बत्ती महसुल वार्षिक एक सय ८० निर्धारण गरिएको छ ।

कपडा, फेन्सी, किराना, हार्डवेर, सैलुन, व्युटीपार्लर, बुटिकसेन्टर, टेलर, सिलाइकटाइ, जुस, डेरी, गार्मेन्ट र अन्य पसलको मासिक तिन सय सरसफाइ शुल्क निर्धारण गरिएको छ ।

यसैगरी ‘फाल्ने छैनौ बाहिर फोहोर, हुनेछ घोराही सफा सहर’ भन्ने भावना सबै नागरीकमा जागृति गराउने लक्ष्य राखेको छ । घोराहीलाई सफा, स्वच्छ, र सुन्दर नगरमा रुपान्तरण गर्न ७७ लाख २० हजार बजेट विनियोजन गरेको वक्तव्यमा उल्लेख छ ।

लक्ष्य हासिल गर्न उपमहानगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको छ । जसमा पुर्ण सरसफाइ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने भनेको छ । विद्यालयहरुमा पुर्ण सरसफइ सम्वन्धि बतृत्वकला, वस समिति लगाएत यातायातका अन्य समिति संग छलफल, टोलमा मासिक सरसफाइ अभियान लागयत सहभागितामा डस्टविन, कटुवा खोला र सेवारखोला सरसफाइ, धार्मिक तथा पर्यटकिय क्षेत्रको सरसफाइ, प्लाष्टिक सिसा तथा कपडाजन्य वस्तुको खरिद कार्य व्यवस्थापन, पुरस्कार तथा सम्मान जस्ता कार्यक्रम अघि सारेको छ ।

यसैगरी अनुगमन, औद्योगिक तथा रसायनीक फोहो र व्यवस्थापन, ग्रिनवेल्टमा हरियाली सौन्दर्य प्रबद्र्धन,, ल्याण्डफिल साइटमा हारियाली पार्क निर्माण, सरसफाइ स्वयंसेविक व्यवस्थापन, सार्वजनिक चौपाया व्यवस्थापन, सरसफाइका लागि सामग्री खरीद, माइकिङ, नाला सफाइ, ल्याण्डफिल साइट अवलोकन, लास व्यवस्थापन, वास फोराम अनुगमन, वैठक भत्ता र सशड्ढ टयाङकले सफाइ गरे वापत कर्मचारी प्रोत्साहन जस्ता कार्यक्रम अघि सारेको छ ।

Facebook Comments