• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको एकता टुंगियो, ठूलो घेराबन्दी तोडेर एकता सम्पन्न गरेका छौंः प्रचण्ड




नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता प्रक्रियाले पूर्णता पाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएका हुन् ।

अध्यक्षद्धयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए ।

बैठकले एकता प्रक्रियालाई टुंगो लगाएको र यसलाई छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने महासचिव पौडेलले बताउनुभयो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरेकाे बताउनुभएकाे छ । मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी पनि दिनुभयाे ।


अध्यक्षले असार मसान्तसम्म पार्टी एकताका सबै काम सक्ने घोषणा पुरा गर्न आफूहरु सफल भएको बताउनुभयाे ।

उहाँले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयाे । अध्यक्षले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौति रहेको पनि दोहो-याउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामी कम्युनिष्टहरूलार्इ हराउने भनेकाे हामी भित्रकाे अहंकार हाे । प्रतिक्रियावादीले हामीलार्इ हराउन सक्दैन ।’ उहाँले साेभियत संघ र युराेपका कम्युनिष्ट पार्टी पतन भएकाे अान्तरिक कारण नै प्रमुख रहेकाे बताउनुभयाे ।

Facebook Comments