• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गैडाताल क्षेत्रमा चार हजार बढी विरुवा रोपियो




नेपाल सरकारले यस वर्ष राष्ट्रिय वृक्षारोषण वर्ष घोषणा गरी नेपालमा करीव ५ करोड विरुवा लगाउने लक्ष्य लिएको छ ।

यही लक्ष्यलाई सार्थक बनाउन डिभिजन वनकार्यालय रुपन्देही र नेपाल पंन्छी संरक्षण संघ काठमाण्डौंको सहयोग, गैडाताल सामुदायिकवनउपभोक्ता समिति र जटायू रेष्टुरेण्ट संचालन समिति गैंडातालको आयोजनातथा स्थानिय समुदायको सक्रियतामा गैडाताल सामुदायिक वन रुपन्देहीमा वृक्षारोषण गरिएको छ ।

सामुदायिकवन र गिद्ध शुद्ध आहारा केन्द्रको ३ हेक्ट क्षेत्रफलमातारवार सहितसिमल, खयर, टिक,सफेदा र गोरमोर गरी पाँचप्रजातिकाविरुवाहरु हाल ४ हजार २०० वटा विरुवा लगाईएको नेपाल पंन्छी संरक्षण संघका परियोजनाअधिकृत भूपाल नेपालीले दिनुभएको छ ।

यही आउँदो साउन १५ गते भित्र ८०० देखि १००० फलफूलकाविरुवा समेत लगाउने लक्ष्यलिएको जानकारी गैडाताल सामुदायिक वन उपभोक्त समितिकाअध्यक्षश्री यमप्रसाद अधिकारीले दिनुभयो ।

तामक्रमबृद्धि, जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न र रुपन्देहीजिल्लाकै सबैभन्दा ठूलो ताल गैडाताल यस सामुदायिकवन क्षेत्रको नजिकै रहेकोले जाडो र गर्मी समयमाअन्य मूलकहरुबाट आउने चराहरु र यहीकारैथाने चराहरुको लागिभविष्यमाउचितबाँसस्थानमा यस वृक्षारोपण कार्यले टेवापुर्याउने अपेक्षालिएको जानकारी समेत नेपाल पंन्छी संरक्षण संघका परियोजनाअधिकृत भूपाल नेपालीले बताउनु भयो ।

Facebook Comments