• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
८४ विद्यालय नमूना छनौटः दाङको दुर्गमका दुइ मावि र थवाङको बलभद्र मावि नमूनामा परे




दाङका दुइ माध्यामिक विद्यालय नमूना विद्यालयमा छनौट भएका छन् ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले देशभरिका ८४ विद्यालय नमूना छनौट गरेको छ । जसमा दाङका दुइ विद्यालय छनौटमा परेका हुन् ।

नमूना छनौट हुने विद्यालयमा राजपुरको साधारण मावि सालभौडी र बंगलाचुलीको महेन्द्र मावि श्रीवारी रहेका छन् ।

देशभरि ८४ विद्यालयले नमूना पाउँदा दाङमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमको बिशेष पहलमा दुइ विद्यालयले नमूना पाएका हुन् । दाङलाई शैक्षिक हब बनाउने योजनाअनुसार दुर्गमका प्रगति गरिरहेका विद्यालयलाई नमूना छनौट गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै रोल्पाको बलभद्र मावि थवाङ र गंगादेव गाउँपालिकाको सिद्धार्थ मावि घोप्टेओढार पनि नमूना छनौट भएका छन् । त्यसैगरी मोती मावि बरौला, सल्यानको त्रिवेणी मावि रिड्डाचौर र रुकुमपश्चिमको हिमालय मावि खोलागाउँ नमूना छनौट भएका छन् ।

विद्यालय शिक्षा मापदण्ड शाखाका निर्देशक गेहनाथ गौतमले सबै स्थानीय तहमा कम्तीमा एक नमुना विद्यालय पर्ने गरी क्रमशः वितरण गरिने कार्यक्रम रहेको जानकारी दिंदै बाँकी स्थानीय तहका विद्यालयलाई आगामी वर्षका कार्यक्रमको प्रतीक्षा गर्न आग्रह गर्नुभयो ।

Facebook Comments