• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदद्वयको स्मृतिमा बहुप्राबिधिक शिक्षालय




बर्दियाको बारबर्दिया नगरपालिका र सिटिइभिटीको साझेदारीमा सहिद बिष्णु–धनि बहुप्राबिधिक शिक्षालय सञ्चालन स्थापना हुने भएको छ ।

बारबर्दिया ७ का सहिद बिष्णु पोख्रेल र बारबर्दिया ५ का सहिद धनिराम चौधरीको २०५५ जेठ २८ गते हत्या गरिएको थियो ।

उहाँहरुको सम्मान र जिल्लामा प्राबिधिक शिक्षाको विकासका लागि नगरपालिकाले सहिद बिष्णु–धनि बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्न थालेको हो ।

यसैबीच प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी) यसै बर्षदेखि कक्षा सञ्चालन गर्ने गरी अनुमति दिएको छ ।

शिक्षामन्त्री तथा परिषद्का अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बिष्णु–धनि बहुप्राबिधिक शिक्षालयलाई कक्षा सञ्चालनको अनुमति दिएको शिक्षामन्त्रीको प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो । यसमा यो बर्षदेखि वन विज्ञान र सर्भे इञ्जिनियरिङ पढाइ हुने छ ।

Facebook Comments