• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर उपमहानगरले बहुप्राबिधिक शिक्षालय चलाउने, कक्षा सञ्चालन अनुमति पायो




तुलसीपुर उपमहानगरपािलका र सिटिइभिटीको साझेदारीमा सञ्चालन हुने तुलसीपुर बहुप्राबिधिक शिक्षालयले यसै बर्षदेखि कक्षा सञ्चालन गर्ने अनुमति पाएको छ ।

प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को बैठकले सो निर्णय गरेको हो ।

शिक्षामन्त्री तथा परिषद्का अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर बहुप्राबिधिक शिक्षालयलाई कक्षा सञ्चालनको अनुमति दिएको शिक्षामन्त्रीको प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

यो शिक्षालयमा यो बर्ष वन विज्ञान अध्यापनको तयारी छ । तुलसीपुर उपमहानगरपालिकाले शिक्षालयका लागि पूर्वाधार निर्माण गरिसकेको छ भने कक्षा सञ्चालनका लागि एक करोड बजेट छुट्याएको छ ।

Facebook Comments