• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खुकुरी प्रहार गरी युवाको हत्या, हत्या अभियोगमा छ पक्राउ




तुलसीपुरमा खुकुरी प्रहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का २०बर्षीय रामबहादुर ओलीलाई खुकुरी र तरवाल प्रहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ओलीको शुक्रवार हत्या गरिएको थियो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १८ दुधरासका २२ बर्षीय शौरभ मल्ल, तुलसीपुर ६ का १९ बर्षीय शम्भु शर्मा, तुलसीपुर १२ का २४ बर्षीय तेजेश पुनमगर, तुलसीपुर ११ का २२ बर्षीय रमेश केसी,तुलसीपुर ११ का २० बर्षीय अमृत वली र तुलसीपुर १२ का २२ बर्षीय भरत शाही रहेका छन । मल्ल र शर्मालाई शनिवार नै प्रहरीले पक्राउ गरेको हो, भने अन्य चारजनालाई आईतबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

हत्याको मुख्य योजनाकार तुलसीपुर उप(महानगरपालिका(११ बेलटाकुरा बस्ने वर्ष २३ को बिक्की सिंह ठकुरी फरार रहेको र खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments