बेसबलको श्रीलंकामा हुने वेष्ट एशियन खेलका लागि नेपाली राष्ट्रिय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
बेसबल तथा सफ्ट बल संघको अगुवाइमा खेलाडहिरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।
खेलाडीमा इश्वर थापा, अनिल परियार, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसैन, पदमसिंह पुजारा, नवीन आले, अमृत नेपाली, मनकुमार मल, विमल लामिछाने, सुवास बोहरा, नरेन्द्रप्रसाद जोशी, इश्वर केसी, प्रशन्न शाक्य, निश्चल केसी, सगुन खिचाजु, राजेश बस्नेत, छिरिङ तामाङ, सुशील सारु र पर्वतविक्रम थापा रहेका छन् ।
सल्लाहकारमा योहेइ कोबायासी, स्कोररमा हिडेतोशी सुजुकी, अम्पायरमा अभिषेक कार्की, व्यवस्थापकमा जीवन केसी, प्रशिक्षकमा विपिन वज्राचार्य, रोशन थापा र दिनेश वजगाईं तथा टोली नेतामा दीपक न्यौपाने छन् ।
चौधौं बीएफए वेस्ट एसियन बेसबल कप जुलाई १५ देखि २० तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुँदैछ ।
पाकिस्तानमा २०१७ मा भएको गत संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । तेश्रो स्थानका लागि भएको खेलमा नेपाल इरानसंग पराजित भएको थियो । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने छ ।
नेपालसंगै समूह ‘ए’ मा श्रीलंका र भारत छन् भने समूह ‘बी’ मा पाकिस्तान, बंगलादेश र इरान रहेका छन् । टोलीलाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।