• १४ चैत्र २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देशभरि बाढी पहिरोको बितण्डाः ज्यान गुमाउनेको संख्या ३०




अविरल रुपमा परेको वर्षासँगै आएको बढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार दिउँसो ३ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको हो।

प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढी ललितपुरमा ५ जनाको ज्यान गएको छ।

त्यस्तै खोटाङ, भोजपुर, काठमाडौं र काभ्रेमा ३-३, मकवानपुर, सिन्धुली, धादिङ, २-२ जना , इलाम, झापा, ओलखढुंगा, सुनसरी, पर्सा, बारा, रामेछाप, र चितवनमा १-१ जनाले ज्यान गुमाएका छन्।

यसैगरी बाढी र पहिरोमा परेर १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। सिन्धुलीमा ४, भोजपुरमा ३, पाँचथर, झापा, मोरङ, सुनसरी, महोत्तरी, पर्सा, रौतहट, महोत्तरी, धादिङ र काठमाडौंका १-१ जना बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ।

यस्तै बाढीपहिरोमा परी ११ जना घाइते भएका छन्। जसमा धादिङ र मकवानपुरका ३-३, काभ्रेका २, खोटाङ, सुनसरी, रामेछाप, धादिङ, दोलखाका १-१ जना घाइते छन्।

काठमाडौं उपत्यकासहित देशभरबाट १३३ जनाको उद्धार गरिएको छ भने थुप्रै ठाउँमा अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments