• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषि स्मार्ट गाउँ थप स्मार्ट बन्दै




रुकुम पुर्बको सिस्ने गाउँपालिका ८, स्यालापाखामा कृषकहरुलाई फलफुलका विरुवा बितरण गरिएको छ ।

गाउँलाई कृषि सुन्तलाको पकेट छेत्र घोसना गरे संगै आज एक कार्यक्रमका बिच ४५ जना कृषकलाई सुन्तला, कागति, टिमुर, अलैचि, र अनारका बिरुवा बितरण गरिएको हो ।

वडा कार्यलयले गत असार ४ गते बाट असार ९ गते सम्म विरुवाका लागि आबेदन फारम खुल्ला गरेको थियो ।

जसमध्य वडा नम्बर ८ भुरङ्गा, स्यालापाखा, झिमखोला र लम्पाकोट टोलका ६४ जना कृषकले बिरुवाका लागि आबेदन फारम भरेका थिए । फारम भरेका मध्य ४५ जना कृषकलाई बिरुवा बितरण गरिएको छ । बाकिलाई यहि असार ३० गते सम्म बितरण गरिसक्ने बताईएको छ ।

वडा को ५० प्रतिसत अनुदानमा फारम भरेका ६४ जना कृषकलाई १० हजार सुन्तला, कागति, टिम्मुर, अलैचि, र अनारका बिरुवा बितरण गरियको वडा अध्यक्ष खर्कसिह थापाले जानकारि दिनुभयो ।

उहाले भन्नुभयो वडाको सबै टोलमा सडक सञ्जाल जोडिसकेका छौ । पाकेका फलफुल पनि अब कुहिने सम्भावना पनि एकदमै न्युन रहेको छ त्यसैले किसानको प्रोत्साहान स्वारुप फलफुलका विरुवा वितरण गरेका हौ थापा ले बताउनुभयो । बिरुवा पाएपछि कृषकहरुले खुसि व्यक्त गरेका छन ।

Facebook Comments