• २६ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघको माग सम्बोधन गर्ने नेकपाको लिखित प्रतिबद्धता




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिडिया काउन्सिल बिधेयकको सवालमा नेपाल पत्रकार महासंघले उठाउँदै आएको माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।

पार्टी महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता योगेश भट्टराइको उपस्थितिमा राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराइले नेपाल पत्रकार महासंघलाई लिखित प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले प्रतिबद्धता पत्र पनि हस्तान्तरण गर्नुभएको छ ।

मिडिया काउन्सिल बिधेयक राष्ट्रियसभामा दर्ता भएको र सदनसमक्ष प्रस्तुत नभएको जनाउँदै पज्ञमा संविधान र संसदीय प्रक्रियाबमोजिम महासंघको चासो र सरोकारलाई सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

संघीय संसदमा प्रस्तुत अन्य सञ्चारसम्बन्धी बिधेयकहरुको हकमा पनि संविधान र राष्ट्रिय आम सञ्चार नीति २०७३ को आधारमा नेपाल पत्रकार महासंघसहित अन्य सम्बद्ध पक्षहरुसँग छलफल गरी संसदीय प्रक्रियाबमोजिम निष्कर्षमा पुग्ने प्रतिबद्धता पनि पत्रमा व्यक्त गरिएको छ ।

Facebook Comments