• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जलारीले भेटाए युवाको शव




रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं ७ मालिमेला र वडा नं ३ को भलाचौरको बिचमा पर्ने नदिको बगरमा नदिले बगाएर ल्यएको एक युवकको लाश फेला परेको छ ।

सानीभेरी नदिमा जाल हानेर माछा मार्ने स्थानियले सो लाशलाई देखेर सिम्ली प्रहरीचौकीलाई खबर गरेपछी लाशको उद्धार गरिएको छ ।

अन्दाजी २०/२२ वर्षको जस्तो देखिने लाशको पहिचान हुन सकेको छैन ।

टाउकोमा गम्भिर चोट लागेको र शरिरमा कुनैपनि कपडा नभएको अवस्थामा लाश रहेको प्रहरी चौकी सिम्ली र सानीभेरी गाउँपालिकाका नगर प्रहरीले बताए ।

जिल्लाबाट प्रहरीको टोली घटना स्थल तर्फ प्रस्थान गरिसकेको र घटना स्थलको जाँचबुझ गरी लाशलाई पोस्टमार्टमको लागि जिल्लामा पुर्याइने प्रहरीले जनाएको छ ।

Facebook Comments