• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सत्तारुढ दलको विद्यार्थी संगठनले नै भन्यो– विश्वविद्यालयका पदाधिकारी खुला प्रतिष्पर्धाबाट छान




सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले सबै विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धावाट छान्न माग गरेको छ। त्रिभुवन विश्वविद्यालय लगायतका अधिकांश विश्वविद्यालयका पदाधिकारीहरुको म्याद सकिँन लाग्दा अखिलले यो माग अघि सारेको हो।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलललाई अनेरास्ववियूका कार्यवाहक संयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले मागपत्र बुझाएको हो।

मागपत्रमा विश्वविद्यालय राजनीतिक खिचातानी र भागवण्डाको क्रिडास्थल वनेकाले समस्या वढेको आरोप लगाइएको छ। मन्त्री पोखरेललाई वुझाइएको मागपत्रमा भनिएको छ, ‘विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि लिएर क्याम्पस प्रमुखसम्मको नियुक्ति दलीय वफादारिता र भागवण्डाको आधारमा हुने प्रवृत्ति अन्त्य गर्द‌ै विद्यमान ऐन संशोधन गरेर यस पटकबाटै लागू हुनेगरी खुला प्रतिस्पर्धाको आधारमा पदाधिकारी छनौट हुने ब्यवस्था मिलाइयोस्।’

विभिन्न विश्वविद्यालयहरुमा परीक्षा, भर्ना, सम्बन्धन, नियुक्ति लगायतका क्षेत्रमा देखिएका समस्याहरु अविलम्ब समाधान गर्न समेत अखिलले माग गरेको छ।

अखिलका नेता सुरेन्द्र बस्नेतले निजी क्षेत्रवाट संचालित कक्षा १२ सम्मका संस्थागत विद्यालयहरुले २० प्रतिशत विद्यार्थीलाई निस् शुल्कीय छात्रवृत्ति दिनुपर्ने माग समेत राखेको जानकारी दिए। अनेरास्ववियूले कक्षा ११ को चर्को शुल्कवृद्धि खारेजीको पनि माग गरेको छ।

Facebook Comments