• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रपति रनिङ सिल्ड सिस्नेलाई




रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद जितेको छ । रुक्मिणी रंगशालामा ६ दिन चलेको प्रतियोगितामा भूमे र पुथाउत्तरगंगा गाउँपालिकालाई पछि पार्दै सिस्नेले सिल्ड उचालेको हो ।

लगातार झरी परेका कारण प्रतियोगिता लम्बिएको आयोजकले जनायो । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा सिस्नेले ४७ स्वर्ण जित्यो । भूमे २५ स्वर्ण जित्दै दोस्रो भयो ।

तेस्रो भएको पुथाउत्तरगंगाले ९ स्वर्ण जित्यो । छात्र भलिबल भूमेले जितेको छ । पुथाउत्तरगंगालाई हराएर भूमेले
भलिबल उपाधि जितेको हो । छात्रातर्फ भलिबलमा भूमेलाई पछि पार्दै पुथाउत्तरगंगा विजेता बन्यो ।

प्रदेश ५ स्तरीय रनिङ सिल्डका लागि ८८ खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर थापाले बताए । उनीहरूले असार २५ देखि पाल्पाको तानसेनमा हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने छन् । जिल्लास्तरीय सिल्डमा तीन गाउँपालिकाका २ सय ३० छात्रछात्राले प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments