• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा होटलमा बस्ने ग्राहकको विवरण राख्न प्रहरीको आग्रह




रुकुमपूर्व अस्थायी जिल्ला सदरमुकाम रुकुमकोटमा होटल व्यवसायीसँग प्रहरीले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

रुकुमकोटका होटल व्यवसायीसँग जिल्ला प्रहरीले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । होटल व्यवसायी अस्तव्यस्त सञ्चालन भइराखेको अवस्थामा त्यसलाई व्यवस्थित तवरले सञ्चालन गर्नमा टेवा पुर्याउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।

‘होटलमा राम्रा व्यक्तिका मात्र आगमन हुन्छन् भन्ने छैनन् खराव नेटका व्यक्तिको पनि आगमन हुन सक्दछ, ‘त्यसैले होटल व्यवसायीले अनिवार्य प्रत्येक व्यक्तिको रेकर्ड राख्नुपर्ने आवश्यक रहेको छ’– निरीक्षक सुनारले भन्नुभयो, ‘होटल व्यवसायीले आफ्नो होटल फस्टाउन र बाहिरे पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गराइदिने उद्देश्यका साथ होटल व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।’ उहाँले भन्नुभयो, ‘होटल व्यवसायीका लागि ग्राहकसँग शिष्टचार भावनाको आवश्यक पर्दछ त्यसखालका व्यवहारिक कार्य सञ्चालनका लागि समेत अन्तरक्रिया गरिएको छ ।’

होटल व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै कार्यन्वयनको लागि विभिन्न निर्णय गरिएका छन् । प्रत्येक.होटलमा अनिवार्य लग बुक, आगन्तुकले होटलमा रहँदा पालना गर्नु पर्ने नियम सम्बन्धी सूचना टाँस्ने, तोकिएको समय भित्र सम्पूर्ण होटल अनिवार्य रुपमा बन्द गर्नु पर्ने र होटलका प्रत्येक कोठामा नम्बरिङ सिस्टम गर्नु पर्ने होटल व्यवसायीसँग प्रहरीले निर्णय गरेको हो ।

जस निर्णयले आगन्तुकको सबै विवरण थाहा हुने, नियमले शान्तिपूर्ण वातावरण तथा सेवामा प्रभावकारी हुने र बजार क्षेत्रमा झै–झगडा नहुने र शान्ति सुरक्षा कायम हुने होटल व्यवसायीले हर्षित हुँदै बताएका हुन् । गत २० गते जिल्लाका विभिन्न सरोकारवालासँग अवैध मदिरा नष्ट गरेका हुन् ।

शान्ति सुरक्षाको लागि जिल्लाका मातहतबाट विभिन्न कार्यक्रम सञ्चालनमा रहेका र अझै जनताका सुरक्षाका लागि प्रभावकारी कार्य बढाउदै जाने जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

Facebook Comments