• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिमका मुसीकोट र आठबीसकोटमा आफ्नै नगर प्रहरी




रुकुम (पश्चिम)मा भइरहेको नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानको तालिमको औपचारिक रुपमा समापन गरिएको छ ।

जिल्लाको मुसीकोट नगरपालिका र आठबिसकोट नगरपालिकाकाले भर्ना गरेका नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुका लागि सञ्चालित तालिमको सोमबार औपचारिक रुपमा समापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक कार्यक्रमको आयोजना गरि नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुलाई बिदाइ गरेको छ भने तालिम पश्चात नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुलाई नगर प्रमुखको जिम्मा लगाइएको बताएको छ ।

नगरपालिकाको जिम्मा लगाउनु पूर्ब प्रशिक्षार्थी नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवानहरुलाई कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पूर्ण चन्द्र जोसीले तालिम सम्पन्नपछि आ–आफ्नो नगरपालिकामा उच्च मनोबलका साथ खटिएर काम गर्न निर्देशन समेत दिनु भएको छ ।

गएको चैत्र २६ गतेदेखि सञ्चालन गरिएको आधारभूत तालिमको ३ महिनापछि औपचारिक रुपमा समापन गरिएको हो ।

Facebook Comments