• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा घोराही उमपहानगर सचिवमा शर्मा




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगर समितिको सचिवमा प्रमोद शर्मा चयन हुनुभएको छ ।

नेकपा दाङको पदाधिकारी बैठकले उपमहानगर सचिव विश्वराज आचार्यले घरायसी कार्यव्यस्तताको कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गर्दै शर्मालाई सचिवमा चयन गरेको जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’ले जानकारी दिनुभयो ।

नेकपा दाङका स्थानीय तहमा नेतृत्व गर्दा गर्दा घोराही उपमहानगर समिति अध्यक्ष पूर्वएमाले र सचिव पूर्वमाओवादी केन्द्रले पाएको थियो ।

एकताको क्रममा पूर्वमाओवादी केन्द्रका उपमहानगर अध्यक्ष विश्वराज आचार्यलाई सचिवको जिम्मेवारी दिइएको थियो । उहाँले राजीनामा दिएपछि पूर्वमाओवादी केन्द्रमा उपमहानगर उपाध्यक्ष रहनुभएका शर्मालाई सचिवको जिम्मेवारी दिइएको पुनले जानकारी दिनुभयो ।

नेकपा दाङका जिल्ला सदस्यसमेत रहेका शर्मा हाल संघीय संसदका सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव हुनुहुन्छ ।

शर्मा संगठन क्षेत्रमा स्थापित युवा नेता मानिनुहुन्छ ।

Facebook Comments