रुकुम पुर्बमा एक सय पाँच वटा मुद्दा फर्छौट भएका छन ।
रुकुमकोट जिल्ला अदालतले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरि गएको आर्थिक बर्ष पचहत्तर छेहत्तरको मुद्दामा दर्ता को अबस्था फर्छौट भएका प्रगति बिवरण अनुमाणित लक्ष्य आदि जिल्ला अदालतले आफ्ना तथ्य कुराहरुको सार्वजनिक गरिएको थियो ।
जसमा एक सय तेत्तीस वटा मुद्दा दर्ता भएका थिए सम्मेलन रुकुमकोट जिल्ला अदालतको नेतृत्वमा गरिएको थियो । जसमा जिल्ला सरकारि वकिलका न्यायधिवक्ता हरि बहादुर पुन , सिस्ने गाउँपालिका उपाध्यक्ष गोवरधन बुढा , जिल्ला अदालतका न्यायाधीश दुर्गा बहादुर भुषाल , सहित रुकुम पुर्बका पत्रकारहरुको भेला भएको थियो ।
जिल्ला न्यायाधीश दुर्गा बहादुर भुषालका अनुसार अहिले रुकुम पुर्बमा जनताहरुको चेतनामा कमि भइ कानुनि नीति नियमको बारेमा सबै किसिमको चेतना नभएको र गाउठाउमा रहेका तथापि घटनाहरु लुकेर रहेको दुखेसो ब्यक्त गर्नुभएको थियो उहाले थप्नुभयो अहिले जिल्लामा सबैभन्दा बढि समन्ध बिच्छेद र जवरजस्ति करणिको मुद्दा बढि आएको बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।