• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा ट्रक दुर्घटनाः एकको मृत्यु, सात घाइते




सल्यानमा ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन ।

जिल्लाको कपुरकोट गाउँपालीका वडा नम्बर ३ आगरखोलामा सोमबार बिहान ट्रक दुर्घटना हुदा शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ बस्ने ५३ बर्षि दुर्गा बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

रुकुमबाट तुलसीपुर तर्फ जादै गरेको ना ४ ख ९७, ११ नम्बरको ट्रक सोमबार बिहान आगरखोलाको घुम्तीमा ९ बजेतिर ट्रक दुर्घटना हुदा ८ जना घाईते मध्य उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा दिउसो करिब २ बजे तिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा सल्यान शिद्धकुमाख गाउँपालिका २ का ६४ बर्षीय दलबहादुर बोहरा, सल्यान बागचौर ३ का ३२ बर्षीय गीता रेउले, कपुरकोट गाउँपालिका ५ का छबि विक, उनका ११ बर्षीय छोरा प्रविन विक छत्रेश्वरी गाउँपालिका लान्तीका ४० बर्षीया नविना खत्री उपेन्द्र रावल, तुलसीपुर ५ का मानबहादुर पुन घाइते भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक तुलसीपुर उपमहनगरपालिका वडा नं। ५ निवासी २६ बर्षीय ताराप्रसाद खड्का र सहचालक २० बर्षीय यज्ञबहादुर खड्का भने सामान्य घाईते भएको र उनिहरुको स्थानीय डिकलमा सामान्य उपचार पछि प्रहरी चौकि कपुरकोटले नियन्त्रणमा लिएको छ । अन्य ७ जना घाईतेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने अझैसम्म खुल्न नसकेको प्रहरीले बताएको छ । ट्रक सडकदेखी करिब अन्दाजि ६० मिटर तल खसेको बताईएको छ ।

Facebook Comments