• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चाैरजहारीमा उपमेयर महिला सुरक्षा कार्यक्रम




रुकुम पश्चिम चाैरजहारी नगरपालिकामा उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

शुक्रबार नगर सभाबाट अार्थिक बर्ष २०७६/०७७ काे बजेट नीति तथा कार्यक्रम पारित गर्दै उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताइएको हाे । उपमेयर महिला सुरक्षा कार्यक्रमले हिंसा पिडित महिला , विपन्न महिला , एकल महिलालाई संरक्षण तथा सहयोग गर्ने बजेट निति तथा कार्यक्रममा लेखिएको छ ।

याे कार्यक्रम साउन देखि सुरु हुनेछ भने ८ लाख बजेट पनि विनियोजन गरिएको छ । नगर उप प्रमुख राधा राेकाले याे कार्यक्रमले गाउँघरमा अन्यायमा गुम्सिएर बसेका महिलालाई सहयोग गर्ने बताइन् ।

उनले भनिन् हाम्रो समाजमा अहिले पनि थुप्रै महिला घरेलु हिंसा लगायतका हिंसाबाट पिडित छन र उनीहरु अाफुमाथि भएको हिंसाकाे नै बिराेध गर्ने र न्याय खाेज्ने अवस्थामा छैनन् त्यस्तो महिलालाई न्याय दिलाउन याे कार्यक्रमकाे महत्त्वपूर्ण भुमिका रहने छ ।

सबभन्दा पहिले नगरपालिकामा कति हिंसामा छन् भनेर तथ्यांक संकलन गर्छौ उप प्रमुख राेकाले त्यसपछि कसलाई कस्तो किसिमको सहयोग तथा संरक्षण गर्नुपर्ने हाे त्यो उपमेयर महिला सुरक्षा कार्यक्रमले गर्छ । याे कार्यक्रम पुर्ण रुपमा कार्यन्वयन भएमा नगर भित्र कुनै पनि महिलाहरु हिंसामा बस्नु पर्दैन उनले भनिन् जसकाे लागि सम्बन्धित सराेकार वाला निकायसँग छलफल गरेर कस्तो किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्छ भनेर अाधारहरु तयार पार्छाैँ ।

न्यायिक समिति संयाेजक समेत रहेकि राेकाले भनिन् १ बर्षमा नगरमा १० वटासम्म महिला हिंसाका घटनाहरु अाउने गरेका छन् ती घटना पात्रकाे रुपमा मात्र हुन् हाम्रा थुप्रै दिदिबहिनी समाजको डरले हिंसाका घटना सहेर बसेकि छन् त्यसलाई कमि गर्न जनचेतनामूलक कार्यक्रम पनि गर्छौं । हिंसा पिडित , विपन्न , एकल महिलालाई संरक्षण र सहयोग गर्ने भन्नुभएको छ , जसकाे लागि नगर सभाबाट ८ लाख बजेट पनि विनियोजन गर्नु भयो ।

जाेखिममा परेका महिलालाई संरक्षण गर्न याे बजेट प्रयाप्त छ कि छैन् भन्ने प्रश्नमा उप प्रमुख राेकाले भनिन् पक्कै पनि बजेट प्रयाप्त त छैन् हामीले याे बर्ष सुरु गरेका छाैँ कार्यक्रम प्रभावकारी बन्दै गयाे भने बजेटकाे थप ब्यवस्थापन गर्नेछौं ।

उपमेयर महिला सुरक्षा कार्यक्रम कार्यन्वयन अाए पश्चात् नगर भित्र हुने महिला हिंसाका घटनामा कमि अाउने बिश्वास लिइएको छ ।

Facebook Comments