• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बालविवाह न्यूनिकरण सचेतना कार्यक्रम संचालन




रुकुम पश्चिम सानीभेरी गाउँपालिका महिला तथा बालबालिका शाखाले गाउँपालिका भित्रका ११ वटै वडामा बालबिबाह न्यूनिकरण¸ बालअधिकार तथा बाल संरक्षण सम्बन्धि अभियानात्मक रुपमा सचेतना कार्यक्रम तथा अभिमुखिकरणहरु संचालन गरिएको छ ।

११ वटै वडाका प्रत्येक माध्यमिक तहका विद्यालय तथा आधारभूत तह (६-८) मा कार्यक्रम संचालन गरिएको छ ।

समाजमा व्याप्त बालबिबाह तथा बाल हिंसा बिरुद्ध बालबालिकालाई शसक्त बनाउने उध्यश्यले यस्तो अभियान चालाएको सानीभेरी गाउँपालिका सहायक महिला विकास निरिक्षक लिला शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो हामीले ११ वटै वडामा वालबालिका सम्बन्धि विभिन्न चेतनामुलक कार्यक्रम संचालन गरेका छौं र कार्यक्रममा सयौं बालबालिकालाई सहभागी गराएर बालबालिकाहरुलाई शसक्त बनाउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।


बालविबाह न्यूनिकरण¸ बाल हिंसा तथा दुर्व्यवहार¸बाल संरक्षण तथा बालबालिकाहरुलाई आफ्नो अधिकार सम्बन्धि शसक्त बनाउन विभिन्न किसिमका चेतना मुलक अडियो भिडियो समाग्री तथा स्लाइड प्रजेन्टेसन प्रस्तुत गरिएको छ ।

त्यस्तै सोमबार सोही अभियनको रुपमा वडा नं ७ को वडा कार्यालयमा म१ दिने अभिमुखिकरण संचालन गरिएको छ ।

वडा नं ७ का कार्यबाहक वडा अध्यक्ष कृष्ण बहादुर ओलीको अध्यक्षतामा संचालन गरिएको अभिमुखिकरणमा वडा बाल संरक्षण समिति सचिब शशिराम बोहराको आथित्यता रहेको थियो वडा नं ७ का झण्डै ७० जना बालबालिकाको सहभागितामा भएको अभिमुखिकरणको सहजिकरण सहायक महिला विकास निरिक्षक शारदा चौधरी¸लिला शर्मा र एकता रोकाले गर्नुभएको छ ।

Facebook Comments