• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको राजनीतिक प्रतिवेदनमा सहमतिः राजनीतिक कार्यदिशा जनताको जनवाद




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राजनीतिक प्रतिवेदनमा सहमति जुटेको बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री र आफूबीच आज नै राजनीतिक कार्यदिशासहितको राजनीतिक प्रतिवेदनमा सहमति जुटेको बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

भक्तपुरमा भएको कार्यक्रममा प्रचण्डले भने,’आज बिहान प्रधानमन्त्रीजी र मेरोबीच राजनीतिक कार्यदिशासहितको राजनीतिक प्रतिवेदनमा सहमति जुटेको छ । आज तपाईहरुलाई खुसीका साथ तपाईहरुलाई म यो जानकारी गराउँछु ।’

पार्टीको विधान र नियमावलीलगायतका दस्तावेज प्रकाशित भएर कार्यन्वयनमा गइसके पनि विवादकै कारण राजनीतिक प्रतिवेदन छापिएको छैन ।

जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा सहमति जुटेको थिएन । दुई अध्यक्षको छलफलका आधारमा अब नेकपाको राजनीतिक कार्यदिशा जनताको जनवाद हुने भएको छ ।

Facebook Comments