• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १४ मा बाल क्लबहरु पुरस्कृत




घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले बाल क्लवहरुलाई खेलकुदका सामाग्रि प्रदान सहित पुरस्कृत प्रोत्साहन कार्यक्रम गरेको छ । वडा भित्र रहेका ३३ बालक्लवहरुलाई उनिहरुको माग अनुसारका खेलकुदका सामाग्रिहरु वडा कार्यालयले वितरण गरेको हो ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा एक कार्यक्रम गरी नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी र महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोती कुमारी विश्वकर्माले बालक्लवहरुलाई खेलकुदका सामाग्रिहरु प्रदान गर्नुभएको हो ।

बालबालिकाको चौतर्फि विकासमा खेल क्षेत्रले भूमिका खेल्ने भन्दै वडा कार्यालयले उक्त सहयोग गरेको जनाएको छ । कार्यक्रममा बोल्दै नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, पत्रकार खेमराज रिजाल, वडा स्तरीय बाल सञ्जालका अध्यक्ष चन्द्रप्रकाश नेपालीले खेल क्षेत्रले व्यक्ति स्वस्थता देखी अनुशासन कायममा सहयोग पुग्ने बताउनुभयो ।

खेल्न पाउनु पर्ने बाल अधिकार भित्र पर्ने भन्दै उहाँहरुले पहिलो पाठशाला घर देखी स्कुल सम्म पढाई सँगै खेलकुदका गतिबिधीहरु अनिवार्य हुनुपर्ने बताउनुभयो । बच्चाको इच्छा अनुसार भन्दा पनि अभिभाबकको इच्छा हावी देखिने गरेको भन्दै त्यसलाई बालमैत्री बनाउनु पर्नेमा समेत जोड दिनुभयो ।

यसैबिच वडा कार्यालयले उत्कृष्ठ बालक्लवहरुलाई पुरस्कृत समेत गरेको छ । जस्मा सर्वोदय बालक्लव प्रथम, जागृती बालक्लव दोस्रो, लगनशिल बालक्वल तृतिय, स्वतन्त्र बालक्लवलाई सान्तोना पुरस्कार दिएको छ ।

उनिहरुलाई क्रमश ६ हजार, ५ हजार, ४ हजार, ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । साथै नवप्रतिभा बालक्लवलाई प्रोत्साहन पुरस्कार स्वरुप २ हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरेको छ । वडा सचिब तिलकराम डाँगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा सदस्य गुलाम रसुलले गर्नुभएको थियो ।।

Facebook Comments