• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुटिएको सूचना दिने नै लुटेरा भएको पुष्टि, साढे ६ लाख रकमसहित परियार पक्राउ




रुकुमपूर्वमा लुटपाटको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका २६ वर्षीय बालाराम परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

रन्माबाट पिपलटुङतर्फ खच्चर लिएर आउने क्रममा वडा नं. ५ गर भन्ने ठाउँको जंगलमा अपरिचित नकाबधारी चार जनाको समूहले घरेलु हतियार खुकुरी देखाई घाँटी र टाउँकोमा कुटपिट गरी साथमा रहेको रकम ८ लाख ५० हजार रकम लुटिएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी निरीक्षक ओमप्रसाद पौडेलको नेतृत्वमा उक्त ठाउँ तर्फ प्रहरी पठाइएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।

‘टेलिफोन मार्फत परियारले नै कार्यालयमा खबर गरेको थियो प्रहरी पुगि सोधपुछ गर्दा प्रहरीलाई सत्य तथ्य सूचना नदिदा गलत सूचना दिएको पत्ता लगाई परियारको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ६ लाख ५० हजार रकम फेला पारी उक्त रकम बरामद गरिएको हो’– प्रहरी निरीक्षक सुनारले भन्नुभयो– ‘उक्त रकम परियारले पाउनका लागि उक्त बहाना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

असार १६ गते ३७ र १७ गते थप १३ जना गरी ५० जनाको प्रहरी परिचालन गरी चार दिनको अनुसन्धानबाट परियारलाई नियन्त्रणमा लिएको हो ।

परियार खच्चरबाट उक्त ठाउँका पसलका लागि दुवानी गर्दै आएको स्थानीयले बताएका छन् ।

१६ गते पनि विभिन्न पसलले परियारलाई पसलको सामानको लागि उक्त रुपयाँ दिएर पाएका थिए ।

परियारलाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको मुद्दा चलाई १० दिन समय थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

Facebook Comments