• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा मदिरा विक्री गर्ने दुई व्यवसायी पक्राउ




मदिरा बिक्री गरेको अभियोगमा दुई जना व्यापारी पक्राउ गरेका छन् ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा घरेलु मदिरा विक्रि गरेको अभियोमा आठविसकोट नगरपालिका ९ राडीमा होटेल सञ्चालन गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा विक्रि गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पठाइएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

मदिरा मुक्त घोषणा भैसकेको नगरपालिका भित्र होटेलमा मदिरा विक्रि गरेको भनि उनिहरुलाई पक्राउ गरिएको हो । नगरपालिकाले उनिहरुलाई रु। ४० हजार जरिवाना ताकेको थियो । उक्त जरिवानामा कुरा नमिले पछी आवश्यक कानुनी कार्वाहीका लागी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उहाँले बताउनुभयो । यसअघी मदिरा सेवन गरेको अभियोगमा दुई जना प्रहरी जवानलाई पनि विभागिय कार्वाही गरिएको थियो । गोतामकोट प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी जवानलाई मदिरा सेवन गरेको भनी विभागिय कार्वाही गरिएको प्रहरी निरिक्षक आचार्यले बताउनुभयो ।

यही असार ९ गत्ते नगरपालिका मदिरा मुक्त घोषणा भैसके पछी मदिरा सेवन तथा विक्रि वितरण गर्नेलाई जरिवाना सहित कार्वाही गर्न थालिएको छ । नगरपालिकामा मदिरा सेवन तथा विक्रि गरेको पाइएमा कडा कार्वाही गरिने समेत नगरपालिकाले चेतावनी दिएको छ ।

Facebook Comments