• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि झेल्नेटामा सभामुखबाट प्राविधिक धारको उद्घाटन




दाङको बंगलाचुली गाउँपालिका ५ मा रहेको सुुधा मावि झेल्नेटामा प्राविधिक धार कृषि विज्ञान (९–१२) तथा साधारण धार कक्षा ११ को शुुक्रवर उद्घाटन गरिएको छ ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले शिक्षालय उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले दुर्गम गाउँमा यति महत्वपूर्ण शिक्षालयको शुरुवात हुनु यस क्षेत्रका जनताका लागि ठूलो अवसर भएको बताउनुभयो ।

मुलुकमा लामो राजनीतिक क्रान्तिपछि समृद्धिको युग शुरु भएकाले र समृद्धिमा प्राबिधिक शिक्षा महत्वपूर्ण आधार भएकाले गाउँगाउँमा प्राविधि शिक्षाको शुरुवात गर्न थालिएको उहाँले बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका गाउँपाखाहरुमा अब समृद्धिको लहर लगाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बंगलाचुली गाउँपालिकाका वडा अध्यक्षहरु, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’, जिल्ला सचिव तुलीराम पुन ‘सुवास’, सभामुखका स्वकीय सचिव प्रमोद शर्मा, लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी र स्थानीयको सहभाििगता रहेको थियो ।

सो कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले गर्नुभएको थियो ।

तस्विरः जीवन नेपाली

Facebook Comments