• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा अध्यक्षले छोरालाई युवा सञ्जालको अध्यक्ष बनाउन खोजेको आरोप




राजपुर गाउँपालिका ३ को वडा युवा सञ्जाल गठनप्रति युवाहरुले बिरोध जनाएका छन् ।

केमराज यादव, चन्द्रभान यादव, मुकेश साह, मिनकुमार केसी र बालकराम यादवसहित एक सय पाँच जना युवाले विज्ञप्ति निकालेर बिरोध गरेका हुन् ।

वडा युवा सञ्जाल गठनका लागि जेठ २० गते युवा भेला बोलाइएको र अधिकांश सहभागीले अध्यक्षमा हेमराज यादवलाई प्रस्ताव गरे पनि वडा अध्यक्ष रामछोरे यादवले आफ्नो छोरा हुने भए मात्रै सञ्जाल गठन गर्न दिने र नत्र नदिने बताएको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो छोरा नहुने भएपछि माइन्यूट नै खोसेर लगेको र असार १३ गते मनोमानी ढंगले सञ्जाल गठन गरेको भन्दै यसलाई मान्यता दिन विज्ञप्तिमा माग गरिएको छ । उनीहरुले यो समितिलाई मान्यता नदिन माग गर्दै गाउँपालिका कार्यालयमा पनि निवेदन दिएका छन् ।

Facebook Comments