• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वआइजीपी कारागार चलान




सुडान घोटाला काण्डमा भ्रष्टाचार गरेको अभियोगमा पूर्व महानिरीक्षक (आईजी) रमेशचन्द ठकुरीलाई कारागार चलान गरिएको छ।

दोषी ठहर भएपछि फरार रहँदै आएका ठकूरीले बिहीबार बिहान सर्वोच्च अदालतमा आत्समर्पण गरेका थिए।

उनलाई बिहीबारै बिहीबार डिल्लीबजार कारागार चलान गरिएको हो। मुद्दाको फैसलाउपर पुनः सुनुवाइको मागसहित ठकुरीले पुनरवलोकन निवेदन दर्ता गराएका छन्। उनले कारागारभित्रै रहेर पुनरावेदन गर्न पाउने भएका छन्।

सुडान घोटालाकाण्डमा भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई सर्वोच्चले २०७४ बैसाख १७ गते १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। उनीसँगै सजाय सुनाइएका दुई पूर्वआईजीपीले त्यतिबेलै अदालतमा हाजिर भए पनि ठकुरी भने फरार रहँदै आएका थिए। अदालतको समय सकिनु एक दिनअघि देखि उनी फरार रहँदै आएका थिए।

ठकुरीसँगै सर्वोच्चले पूर्व आईजीपी ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले ठकुरीसहितका प्रहरी अधिकारीविरद्ध उक्त सजाय फैसाल गरेको हो। फैसला लगत्तै फरार रहेका उनी पहिले भरत र त्यसपछि थाइल्यान्ड गएर बसेका थिए।

Facebook Comments