• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिलोपटक ज्येष्ठ नागारिक परिचयपत्र वितरण





रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरेको छ । यस अघि जिल्लाबाट बितरण गरिदै आएको जेष्ठ नागरिक परिचय पत्र स्थानीय तहले बितरण गर्न पाउने कानुनी अधिकार प्राप्तपछि नगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको हो ।

नगर प्रमुख देबीलाल गौतमले मुसीकोट नगरपालिका वडा नम्बर १ का ८६ बर्षिय धनबहादुर रावललाई पहिलो पटक जेष्ठ नागरिक परिचय पत्र प्रदान गरि औपचारिक रुपमा जेष्ठ नागरिक परिचय पत्र बितरण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अबदेखि सार्बजनिक बिदा र शनिबारको दिन बाहेक अन्य हरेक दिन कार्यालय समयमा जेष्ठ नागरिक परिचयपत्र लिन आएमा नगरभित्र रहेका ६० बर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकलाई परिचय पत्र बितरण गरिने छ ।

Facebook Comments