• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सभामुख घर्तीद्वारा स्वास्थ्य चौकी र जनजाति महासंघको भवन उद्घाटन





प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्ती मगर आफ्नो गृहजिल्ला रुकुमपूर्वका नागरिकसँग भेटगाट गरिराख्नु भएको छ । उक्त जनभेटगाट कार्यक्रमको अवसरमा भूमे र पुथा उत्तरगंगा गाउँपालिकाले सभामुखसँग नागरिकको अन्तरक्रिया कार्यक्रम आयोजना समेत गरिसकेका छन् । सभामुखले आफ्नो गृहजिल्लाका नागरिकसँग भलाकुसारी तथा विकास निर्माणका गतिविधि सम्बन्धी नागरिकबाट जिज्ञासा तथा प्रतिक्रिया लिने र सरकारबाट काम भइराखेका विकासबारे सुच्चीत गर्ने उद्देश्यले साता दिन गृहजिल्लामा सभामुख आउनुभएको उहाँका स्वकीय सचिव धुव्रबिक्रम ओलीले जानकारी दिनुभयो । स्वकीय सचिवका अनुसार शनिबार भूमे ९ चुन्बाङको स्वास्थ्य चौकी र सोमबार पुथा १२ कोलमा नेपाल आदिवासी जनजाति महासंघको भवन उद्घाटन गर्नुभएको हो । आज पनि नागरिकसँग भेटगाट कार्यक्रम रहेकोमा भोली १८ गते जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड रुकुमकोटमा उद्घाटन गर्नुहुने बताइएको छ ।

संघीय सरकारको २ करोड २४ लाख रुपयाँको भूमे ९ चुन्बाङको स्वास्थ्य चौकी र पुथा उत्तरगंगा गाउँपालिकाको १५ लाख रुपयाँको पुथा १२ कोलको नेपाल आदिवासी जनजाति महासंघको निर्मित भवन ५ नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आथ्यतामा उक्त दुई भवन उद्घाटन गरिएको हो । आदिवासी जनजातिको हक र अधिकार संविधानमा उल्लेख गरिएको अनुसार सदुपयोग गर्ने र हक र अधिकारबारे एकबद्धता भएर लाग्नहुनमा सभामुख पूर्णबहादुर घर्ती मगरले महासंघलाई अनुरोध गर्नुभयो । ‘स्थानीय कला, साँस्कृति तथा मौलिक इतिहासलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यक रहेको छ’ उहाँले भन्नुभयो, ‘त्यसको लागि आफूले पनि पहलकदमी गर्ने छु हाम्रो भेषभुषा सँस्कारलाई विकास गरेर पर्यटकलाई भित्र्याउने जस्ता काममा लाग्नु पर्ने छ ।’

चुन्बाङको स्वास्थ्य चौैकी आबासीय सहितको २४ कोठाको भवन बनाइएको छ । पहिला स्वास्थ्य चौकीको आफ्नो भवन नहुदा विभिन्न समस्या भोक्नु परेकोमा अहिले त्यो समस्या टरेको स्वास्थ्य चौकी कार्यालयले जनाएको छ । त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको सभाहल भवन निर्माणको लागि पुथा उत्तरगंगा गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । उक्त भवनको लागि स्थानीय कोलबासीले १ कित्ता जग्गा निःशुल्क प्रदान गरिएकोमा चौडाई १० मिटर र लम्बाई २२ मिटरको दुई कोठेको जस्तापाताले छाइएकोमा बाँकी पल्सटर गरेर निर्माण गरिएको महासंघका जिल्ला सचिव सविना बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा जनजाति महासंघको सभाहल भवन पहिलो पटक बनाइएको हो । भने संग्रहालय भवन भूमे २ काँक्रीमा बनाइएको छ । उक्त दुई भवनले परम्परागत सामाग्री राख्ने र विभिन्न बैठक तथा सभाका लागि समस्या रहेको थियो अहिले उक्त दुई भवनले केही समस्याको समाधान हुने सचिव बुढाले बताउनुभयो । सोमबार कोलको जनजाति महासंघको भवन उद्घाटनमा ५ नम्बर प्रदेशका नेपाल आदिवासी जनजाति महासंघका सचिव प्रवेश पुन, रुकुमपूर्व नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जानु छङ्त्याल र सचिव सबिना बुढा लगायतको आथ्यता रहेको थियो ।

Facebook Comments