• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रथम राष्ट्रपति रनिङ सिल्ड सम्पन्न





असार १६ सल्यान – बनगाड कुपिण्डे नगरपालिकाको प्रथम राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भएको छ । ३ दिन देखि सन्चालन भएको रनिङ सिल्ड श्री प्रभाकर माबी देवस्थलमा आइतबार सम्पन्न भएको छ । ३ दिन सम्म भएको खेलमा नगरपालिका सामुदायिक तथा निजि बिध्यलयका ७ वटा मा वि सहभागी रहेकोमा अन्तर माबी बिच खेलकुद भएको थियो । राष्ट्रपति रनिङ सिल्डमा त्रिभुवन जनता मावी च्युरा प्रथम, लन ग्रीन रिभर बोर्डिङ दोस्रो र प्रभाकार मावी देवस्थल तेस्रो भएका छन । विभिन्न विधाकाेका खेलमा उतकृष्ट खेलाडीहरु जिल्ला जानका लागि समेत छनाेट भएका छन् ।

राष्ट्रपति रनिङ सिल्डमा नगर प्रमुख गोविन्द कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, कार्यक्रमका सभा अध्यक्ष नगर शिक्षा अधिकारी चक्र बहादुर रावतले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले नगरपालिकालाइ खेल क्षेत्रमा चिनाउन सबै बिध्यार्थीलाई आग्रह गर्नु भएको छ । भने जिल्लामा गएर पनि प्रथम भएर आउन समेत आग्रह गर्दै अग्रिम शुभकामना समेत व्यक्त गर्नु भएको छ । खेल क्षेत्रमा नगरपालिकाको विशेष ध्यान दिएको र आउदो दिनहरूमा थप व्यवस्थित गर्दै लैजान बताउनु भएको छ ।

खेल सङ्गै नगरपालिका शिक्षा क्षेत्रमा पनि ध्यान दिनु पर्ने बताउनु भएको छ नगर भित्र रहेका केही बिध्यालयहरुलाइ नमुना विध्यालयको रुपैया छनोट गरि शिक्षामा पनि गुणस्तर सुधार तिर आफू लागाएत नगरपालिका लागेको बताएका छन ।

Facebook Comments