• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्ने गाउपालिका ६ मा गाडी दुर्घटना पाँच घाइते




रुकुम (पूर्व) मा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते मध्ये ३ को अवस्था गम्भिर रहेको छ । रुकुमकोटबाट मुसीकोट तर्फ जादै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका वडा नम्बर ६ को पाखागाउँमा गएराती १२ बजे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकामका १८ वर्षीय कोपीला बुढा, सोहि ठाउँकी १७ महिनाकी सुहाना मगर, आठविसकोट नगरपालिका १० रुुकम (पश्चिम) का २३ वर्षीय सुरेन्द्र वली रहनुभएको छ । उहाँहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय रुकुम (पूर्व) का प्रहरी निरीक्षक विरबहादुर सुनारले बताउनुभयो ।

त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका १० की २६ वर्षीय ललीता बुढामगर र सोहि ठाउँकी २० वर्षीय सुस्मीता बुढामगर पनि घाइते भएको उहाँले बताउनुभयो । गम्भीर घाइते भएकि सुहाना ललीताकी छोरी हुनुहुन्छ । घाइतेहरुको अहिले जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ ।

जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक आठविसकोट नगरपालिका वडा नम्बर ११ रुकुम (पश्चिम) का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

Facebook Comments