• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चीनमा कम्युनिष्ट पार्टीका सदस्य नौ करोड




चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ ।

पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ ।

सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको पार्टीले जनाएको छ जुन अघिल्लो वर्षभन्दा ३९ हजारले बढी हो ।

पार्टीका सदस्यमा नियुक्त गरिएकाहरुमा करिब ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् भने ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।

Facebook Comments