• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कालीकोटको दुर्गम गाउँमा घरघरमै स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिकलाई छाता र टर्च




कालिकाेटकाे एक गाउपालिकाले जेष्ठ नागरिककाे स्वास्थ्य परिक्षण सघै फ्रुटी, छाता, टर्च उपलब्ध उपलब्ध गराइ सम्मान गरेकाे छ । गाउपालिका भित्र रहेका १ सय जेष्ठ नागरिकलाई सम्मान गरिएकाे हाे ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकाेटकाे अायाेजनामा पचालझरना गाउँपालिकामा रहने जेष्ठ नागरिककाे लागि एक दिने स्वास्थ्य शिविरकाे अायाेजना गरिएकाे हाे । शिविरमा सहभागी सबै जेष्ठ नागरिक खुिस देखिन्थे । स्वास्थ्य जाँच सगै सम्मान गरिएरै हाेला ।

स्थानिय सरकारले यस्ताे सम्मान गर्छ, यस्ताे समय अाउछ भन्ने साेचेकाे थिएन । अाज अाएर याे उमेरमा जिवनकै खुसीकाे दिन हाे । वडा नं ४ निवासि ८५ बर्षिय जयसिह सेजुवाल बताउछन । वडा नं ३ निवासि ८५ बर्षकै सर्पे कठायतले स्थानिय सरकारकाे जय समेत भन्न भ्याए ।

जेष्ठ नागरिकलाइ सम्बाेधन गर्दै अध्यक्ष सेजुवालले अब यस पालिकाका जेष्ठ नागरिकले धेरै चिन्ता नलिनुहाेला । मज्जाले बस्नुस खानुस, अायु बढाउनुहाेस, छाेरा बुहारिलाइ पनि केही नभन्नुहाेस । म साउन महिनादेखि तपाइहरुकाे घरमा प्रत्यक महिना स्वास्थ्य जाँचकाेलागि स्वास्थ्यकर्मी पठाउछु । उनले थपे सामाजिक सुरक्षा भत्ता लिन अाफै सफासुगर भएर अाउन सुझाव समेत दिए ।

स्मरण रहाेस यस गाउपालिकाले ६० बर्ष माथिका बृद्ध लाई घरमै पुगेर स्वास्थ्य सेवा जाँच गर्ने ब्यवस्था मिलाउन नीति तथा कार्यक्रममा पास गरिसकेकाे छ । जिल्लामा यस्ताे गतिबिधिलाइ सकारात्मक काम र सन्देशकाे रुपमा लिइएकाे बहस गरिदै अाएकाे छ ।

Facebook Comments