धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण” भन्ने मुलनाराका साथ १६औं राष्ट्रिय धान दिवस बनगाड कुपिण्डेमा नगरपालिका पनि मनाएको छ ।
बनगाड कुपिण्डेमा नगरपालिका वडा न ११ बागमारेमा नगर कृषि शाखा कार्यालयको देवस्थलको आयोजनामा धान दिवस मनाएको छ । नगरपालिका विभिन्न विषय गत शाखाका कार्यालय, सघ सस्था ,कृषि समूह किसान लगाएतकाहरु खेतमागै धान रोपेर धान दिबस मनाइरहेका छन।
दहि चिउरा खाएर नगर प्रमुख गोविन्द कुमार पुनले खेतमा गएर धान रोपेर धान दिवसको उद्घाटन गर्नु भएको थियो । धान दिवसको अवसरमा नगर उप प्रमुख मन्जु यरि, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, वडा अध्यक्ष, विषय गत शाखा प्रमुख तथा अन्य कर्मचारी जनप्रतिनिधि राजनैतिक दल, कृषि समुह लगाएत स्थानीय सयुक्त रूपमा खेतमा गएरै खेत रोपाइँ गरेर दिवस मनाएका छन ।
धान रोपाइँमा नगरपालिका कर्मचारी तथा स्थानीयले खेतमा धान रोपदै असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपेका छन । रमाइलोको लागि रोपाहारले खेतका गरामा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गरेका छन ।
नेपाल कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा कृषि खेतीपाती रहने गरेको छन। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुने गर्छन । मानो खाएर मुरि उब्जाउने समय भनेर असार १५ लाई चिनिने गर्दछ ।
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
![](https://sisneonline.com/wp-content/uploads/2021/08/sisne-author.jpg)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।