• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसइईमा जिल्ला प्रथम भावनासहित नौ जनालाई सम्मान




घोराही १४ स्थित सर्वोदय बालक्लबले एसइईमा दाङ जिल्ला प्रथम हुने भावना सुवेदी र क्लबमा आबद्ध विद्यार्थीलाई सम्मान गरेको छ ।

प्रमुख अतिथि वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले भावनासहित नौ जना एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा बालक्लबमा आबद्ध भइ यो बर्ष एसइई उत्तीर्ण गरेका विद्यार्थी छन् । जसमा सन्दीप जीएम, सन्देश रेग्मी, दिभाषा ज्ञवाली, जुनमायाँ बुढा, मनिष पन्त, प्रशंसा नेपाली, शुष्मा ढकाल र सविता नेपाली रहेका छन् ।

क्लबका अध्यक्ष चन्द्रप्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डाँगी, सर्वोदय पुस्तकालय तथा वाचानालयका अध्यक्ष सुशील गौतम, पुस्तकालयका उपाध्यक्ष तथा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, समाजसेवी शम्भु गौतम, पुस्तकालयका सदस्य शारदा शर्मा, गौतमनगर मार्केटका ब्यवस्थापक राजीव गौतम र सिद्धार्थ गौतम नगर टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यले शुभकामना दिनुभएको थियो ।

क्लबका सदस्य सृजोल योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सल्लाहकार नवीन श्रेष्ठले गर्नुभएको थियो ।
डाक्टर बनेर दाङमै सेवा गर्ने भावनाको चाहना

Facebook Comments